Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनरत शिक्षकहरुलाई धक्का, पढाई भएको दिनको मात्रै तलब दिइने

आन्दोलनरत शिक्षकहरुलाई धक्का, पढाई भएको दिनको मात्रै तलब दिइने

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । देशभरका शिक्षकहरु विद्यालय नै बन्द गरेर काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी छन् । विद्यालय बन्द हुँदा बालबालिकाहरु आफ्नो पढ्न पाउने अधिकारबाट वञ्चित छन् ।

सोही अवस्थालाई मध्यनजर गर्दै स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाई भएको दिनको मात्रै तलब निकासा गर्ने भएको छ ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बुधबार पालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयहरलाई पत्र लेख्दै नपढाएको दिनको तलब नदिइने जानकारी गराएका हुन् ।

गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077