Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘शिक्षकले नयाँ इतिहास रच्नु छ, आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला’

‘शिक्षकले नयाँ इतिहास रच्नु छ, आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला’

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन् ।

सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्–‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला । आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला । यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ ।’

सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । उनीहरूले माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । विगतमा आफूहरूसँग भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको एकसुत्रीय माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077