Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधामन्त्री र मन्त्रीहरुलाई माओवादीको प्रश्न–कति आर्जन गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुहुन्छ ?

प्रधामन्त्री र मन्त्रीहरुलाई माओवादीको प्रश्न–कति आर्जन गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुहुन्छ ?

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाएको छ ।

माओवादी नेता वर्षमान पुनले पार्टीका तर्फबाट धारणा राख्दै १० महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन् ।

यसले सुशासनको धज्जी उडाएको बताउँदै उनले भने–‘सरकार निर्माण भएको १० महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कति सम्पत्ति आर्जन गरेपछि सार्वजनिक गर्ने योजना बनाउनु भएको छ, कृपया जानकारी गराइदिनुहोला ।’

प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन्
माओवादी केन्द्रले प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएको दावी गरेको छ ।

बजेट अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले आफू निकटकाले प्रतिगामी झन्डा उठाएकोबारे आत्मसमीक्षा गर्नुभएको छ भन्दै प्रश्न गरे ।

उनले भने–‘प्रतिगामी झन्डा उठाउने एमालेका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद छन् । केही प्रधानमन्त्रीज्यूका चुनावी सहकर्मी छन् । यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077