Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेका कांग्रेस नेताको छोरालाई किन छाडियो ? : राजेन्द्र लिङ्देन

भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेका कांग्रेस नेताको छोरालाई किन छाडियो ? : राजेन्द्र लिङ्देन

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् ।

चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै कोटेश्वरमा भाटभटेनीमा लुटपाट भएको थियो । सो सो लुटपाटमा पक्राउ पर्ने एक जना नेपाली कांग्रेसका नेताका छोरा रहेको लिङ्देनले दाबी गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताए । त्यसबारे आफूहरूसँग प्रमाण रहेको उनले बताए ।

उनले सरकारले राजावादीहरुको आन्दोलन हिंसात्मक भएको भन्दै सरकारले गलत भाष्य प्रयोग गरिरहेकोप्रति आपत्ति प्रकट गरे । उनले भने–‘आन्दोलन हिंसात्कक थियो भने आन्दोलनकारीबाट कति बन्दुक बरामद भयो ? कति खुकुरी भेटिए ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077