Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राज्यसँग २०७२ मा आएको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न सक्ने क्षमता छैन : प्रधानमन्त्री ओली

राज्यसँग २०७२ मा आएको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न सक्ने क्षमता छैन : प्रधानमन्त्री ओली

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल बैशाख १२ गतेको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न राज्यको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण गर्ने अवस्था नरहेको बताएका छन् ।

उनले व्यक्तिले आफ्नो घर सुरक्षित बनाउने विषयमा संवेदनशील हुनेपर्ने बताएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा काठमाडौंस्थित धरहरा परिसरमा शुक्रबार आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा प्रधानमन्त्री ओलीले भने–‘२०७२ को भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भने पनि राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन । हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनुु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गर्दै उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, सङ्घसंस्था र जनताले गरेका प्रयास असाधारण र प्रशंसनीय रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने–‘पुनःनिर्माण र राहतदेखि वा उद्दारमा सहयोगी मित्रहरूले जसरी सहयोगका हात अगाडि बढाउनुुभयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अर्थात् भुुल्न नसकिने खालका छन् ।’

भूकम्पका बेला राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गरिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुुपर्नेमा जोड दिए ।

सुशासन र विकासका प्रश्नमा राष्ट्रिय एकताको अनिवार्य आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077