Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

लिङ्देनले सदनमा भने– तीनकुने घटनाबारे न्यायिक आयोग गठन गर्नुस्

लिङ्देनले सदनमा भने– तीनकुने घटनाबारे न्यायिक आयोग गठन गर्नुस्

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न र तीनकुने घटनाका बारेमा न्यायिक आयोग गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई रिहा गर्न र न्यायिक आयोग गठन गर्न माग गरेका हुन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राप्रपाका अध्यक्ष लिङ्देनले भने–‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु– तपाईंहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मान्छेहरूलाई छोड्नुस् । र, न्यायिक आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077