काठमाडौं । नेपाली कांग्रेसले शिक्षकहरूको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले यथार्थ कुरा प्रस्तुत गर्नुपर्ने बताएको छ ।
कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले शिक्षा ऐन जारी गर्न माग गर्दै २४ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकका विषयमा प्रधानमन्त्रीले लगातार नकारात्मक टिप्पणी गरिरहेको बताए ।
उनको टिप्पणीलाई लिएर सत्तागठबन्धनकै आलोचना भएपछि सत्तासाझेदार दल कांग्रेसले उनलाई सचेत गराएको छ ।
महतले भने, 'प्रधानमन्त्री प्रधानमन्त्री भएकै कारण बढी जिसम्मेवारी हुन्छ। प्रधानमन्त्रीले जनताले आफ्नो धारणा राख्दा संयम हुन जरुरी छ। त्यो पदमा पुगिसकेपछि कम बोल्दा नै ठिक हुन्छ। के गर्न सकिन्छ सकिनँदैन भन्ने कुरामा यथार्थ कुरामा प्रस्तुत हुनुपर्छ।'