Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पहिलो कदममै चिप्लिए शिक्षामन्त्री, शनिबार बिहान शिक्षकसँग निर्णायक वार्ता

पहिलो कदममै चिप्लिए शिक्षामन्त्री, शनिबार बिहान शिक्षकसँग निर्णायक वार्ता

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आदोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ ।

मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरेर उनीहरूलाई शनिबार बिहान ७ः३० बजे वार्तामा आउन आह्वान गरेका हुन् ।

यसअघि शिक्षामन्त्री रघुजी पन्तले बोलाएको वार्ता शिक्षक महासंघको असन्तुष्टिका कारण असफल भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, “वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आह्वान भएबमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

भोलिको बैठक शिक्षामन्त्रीकै उपस्थितिमा हुने बताइएको छ । मन्त्रालयले शुक्रबारको बैठक कारणवस हुन नसकेको पनि भनेको छ । वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि वार्ता असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077