काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि बिहान ११ बजे बस्न लागेको हो ।
यही वैशाख १५ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणसम्बन्धी छलफल र १७ गते एकीकरण हुने भएकोले बैठकमा उपस्थित हुन आह्वान गरिएको छ ।
साथै, नागरिकता र मतदाता परिचयपत्र अनिवार्य ल्याउन समेत अनुरोध गरिएको छ ।