Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमाले अछाम अधिवेशन : बिसी उपाध्यक्षको दौडमा, भन्छन् - पार्टीले जिम्मेवारी दिनेमा आशावादी छु

एमाले अछाम अधिवेशन : बिसी उपाध्यक्षको दौडमा, भन्छन् - पार्टीले जिम्मेवारी दिनेमा आशावादी छु

शनिवार , बैशाख १३, २०८२

अछाम । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम मंगलसेनमा हुँदैछ । सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सकिएपनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन ।

तर पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलमाथिको कारबाहीपछि अछामको अधिवेशनको मार्ग खुलेको हो । सोही अनुसार आजबाट अधिवेशन हुँदैछ ।

जसको उद्घाटन एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्ने छन् । अधिवेशन सुरु नहुँदै नयाँ नेतृत्व चयनको बहस तीव्र बन्दै बनेको छ । विशेषतः जिल्ला अध्यक्ष पदका लागि प्रतिस्पर्धा चर्किएको छ ।

हालसम्म सात नेताहरूको नाम अध्यक्ष पदका आकांक्षीको रूपमा सार्वजनिक चर्चामा आएको छ भने आकांक्षी संख्या अझै बढ्न सक्ने देखिएको छ । यसैबीच अन्य पदहरुका लागि पनि तीव्र प्रतिस्प्रर्धा चलेको छ ।

उपाध्यक्ष पदका लागि पनि नेताहरुको दौडधुप छ । उपाध्यक्षमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष तथा पार्टीका जिल्ला उपसचिव डम्बर बिसीले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

युवा पुस्ताको प्रतिनिधित्व मजबुत पार्नुपर्ने आवश्यकता र जनप्रतिनिधिहरुको भावना संस्थागत गर्ने नेतृत्वको खाँचो महसुस गर्दै बिसीले अनुभव, संघर्ष र संगठनप्रतिको समर्पणको आधारमा आफू योग्य उम्मेदवार भएको दाबी गरेका हुन् । उनका अनुसार नेतृत्व केवल पदका लागि होइन, जिम्मेवारीको भावना लिएर अघि बढ्न आवश्यक छ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिसम्मको यात्रा

२०६२ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका डम्बर बिसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट निरन्तर अग्रपंक्तिमा रहे ।

बसुन्धरा माविको प्रारम्भिक कमिटी सचिव हुँदै तुर्माखाँदको इलाका अध्यक्ष, त्यसपछि २०६५ मा बिरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेतको क्याम्पस कमिटी अध्यक्ष बनेका उनी स्ववियु उपसभापतिमा पनि प्रतिस्पर्धी थिए ।

पार्टीको भातृ संगठनमा उनी अनेरास्ववियु अछामका जिल्ला सदस्य, जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षसम्म बने । त्यसपछि उनी केन्द्रमा पुगेर अनेरास्ववियुका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य हुँदै सुप सहइन्चार्जको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हाले ।

संगठन निर्माण, कार्यकर्ता परिचालन र राजनीतिक चेतना विस्तारमा उनले उल्लेखनीय योगदान दिएका छन्।

स्थानीय तहदेखि जिल्ला नेतृत्वसम्म

विद्यार्थी राजनीतिबाट उदाएका बिसीको पार्टीको कमिटीमा पनि दबदबा छ । उनी इलाका नं. १३ तुर्माखाँदको अध्यक्ष हुँदै हाल नेकपा एमाले अछामका जिल्ला उपसचिवको जिम्मेवारीमा छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित बिसी नेतृत्वमा अहिले पालिका योजनाबद्ध विकास र जनमुखी सेवा प्रवाहका दृष्टिले उदाहरणीय बनेको छ ।

विकेन्द्रित शासन, पारदर्शिता र जनताको पहुँचमा सरकार पुर्‍याउने काममा उनले छुट्टै पहिचान बनाएका छन् । तुर्माखाँदलाई जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा उभ्याउने लक्ष्यसहित उनी अगाडि बढिरहेका छन् ।

सैद्धान्तिक स्पष्टता र युवामैत्री सोच

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतबाट स्नातकोत्तर गरेका बिसीलाई सैद्धान्तिक स्पष्टता, संगठनात्मक सोच र व्यवहारिक नेतृत्व क्षमताका कारण पार्टीभित्र र बाहिर दुवैतिर प्रभावशाली नेताका रूपमा हेरिन्छ।

उनकोले भने, “संगठन बलियो बनाउन युवाको सक्रिय सहभागिता अनिवार्य छ। सहकार्य, समन्वय र साझा नेतृत्वको संस्कृति स्थापित गर्नु आजको आवश्यकता हो।”

पार्टी र जनताको बीच सेतु बन्ने इच्छा व्यक्त गर्दै उनले जनप्रतिनिधिको हैसियतमा पार्टीको नीति अनुरूप कार्यकारी जिम्मेवारी नलिने प्रतिबद्धता पनि दोहोर्याए ।

बिसीको उम्मेदवारीले नेकपा एमाले अछामको जिल्ला अधिवेशनमा नयाँ ऊर्जा थपेको छ । उनको संगठनात्मक अनुभव, स्थानीय नेतृत्वमा देखिएको कार्यदक्षता र युवामैत्री सोचका कारण धेरै प्रतिनिधिहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।

कम उमेरमै कांग्रेसको परम्परागत बलियो प्रभाव रहेको तुर्माखाँद गाउँपालिकामा विजय हासिल गर्दै आएको नेतृत्वले उनलाई अछामको राजनीतिमा सम्भावनाशील युवा नेताका रूपमा उभ्याएको छ।

“पार्टीले मेरो संघर्ष, अनुभव र क्षमताको मूल्याङ्कन गरेर उपाध्यक्षको जिम्मेवारी दिनेमा म आशावादी छु,” उनी भन्छन्। शनिबारबाट सुरु हुने अधिवेशन १५ गतेसम्म चल्नेछ । नेतृत्व सकेसम्म सर्वसहमतिमा छान्ने गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077