Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बालेनलाई सुनिताको जवाफ : महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

बालेनलाई सुनिताको जवाफ : महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएकी छन्।

शनिबार पत्रकारसँको अन्तरक्रियाका क्रममा उनले काठमाडौं महानगरमा भ्रष्टाचार भएको भनेर पटक–पटक विवादित कुरा आइरहेको सन्दर्भमा अख्तियारले छानबिन गर्नुपर्ने बताएकी हुन्।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितलाई आरोपित गरिरहेका सन्दर्भमा डंगोलले यसबारे अख्तियारले छानबिन गरेर विवादलाई किनारा लगाउनुपर्ने बताएकी हुन्।

उनले भनिन्,‘यति धेरै भ्रष्टाचारको प्रसंग उठ्दा अख्तियार किन मौन छ ? अख्तियारले महानगरमा छानबिन गर्नै पर्छ । अधुरो सूचना दिएर मानिसलाई अन्योलमा पार्नु हुँदैन। भ्रष्टाचारमा एकजना व्यक्ति मात्रै छ कि संगठित रूपमा लागेको छ ? यसको खोजी हुनुपर्छ। अख्तियारको मौनता त्यति राम्रो होइन।’

उनले महानगरको बोर्ड बैठकको भिडियो पनि एकपक्षीय र अधुरो सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077