Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारले लाज पचाएर शिक्षकहरूलाई अपमानित गरिरहेको छ : प्रचण्ड

सरकारले लाज पचाएर शिक्षकहरूलाई अपमानित गरिरहेको छ : प्रचण्ड

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने,‘ शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्सका लागि छोटो बाटोबाट लानुपर्छ । शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ । अदालतले पनि आदेश जारी गरिसकेको छ । सरकार त्यसको निम्ति तयार देखिँदैन ।’

शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको उनले बताए ।

सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको प्रचण्डको आरोप थियो ।

उनले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077