Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रचण्डले भने – हामीसँग अहिले बन्दुक छैन

प्रचण्डले भने – हामीसँग अहिले बन्दुक छैन

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले माओवादीहरूसँग बन्दुक नभएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरूसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्ने बताएका हुन् ।

उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए ।

उनले भने,‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ ।’

अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077