Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने – देउवाजीले सरकार ढल्दैन भनेपछि विचरा विपक्षीहरू थचक्कै भए

प्रधानमन्त्री ओलीले भने – देउवाजीले सरकार ढल्दैन भनेपछि विचरा विपक्षीहरू थचक्कै भए

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्ने विपक्षीहरू थचक्कै भएको बताएका छन् ।

पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै सरकार नढल्ने दिएको जवाफले विपक्षीहरूलाई यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण विपक्षीहरू पुर्पुरोमा हात हालेर थचक्कै ढलेको उनको भनाई थियो ।

उनले भने,‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर ।’

उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि ? के भएको हो त्यो बुझ्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077