Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बन्द भएको एमसीसी प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने - मुलुक बनाउन अरूको आस गर्नु हुँदैन

बन्द भएको एमसीसी प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने - मुलुक बनाउन अरूको आस गर्नु हुँदैन

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउन अरूको आस गर्न नहुने बताएका छन्।

एमालेको संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए हुन् ।

नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

उनले भने,‘नेपालमा पनि एमसीसी परियोजना कार्यान्वयनको चरणमा गइरहेकाले ५० अर्बको अमेरिकी डलर रकमको एमसीसी परियोजनाको सम्झौता संसदबाट पारित भईसकेको छ ।'

यो परियोजनामा ४ सय केभीको प्रसारण लाइन निर्माण, सडक स्तरोन्नतिका आयोजना छन्।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशसँगै आयोजनाको काम रोकिएको थियो।

यही अप्रिल २० मा ९० दिनको स्थगन समय सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077