Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल, सबै राजावादीहरू एउटै मञ्चमा देखिने

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल, सबै राजावादीहरू एउटै मञ्चमा देखिने

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट प्रदर्शनमा सहभागी हुने बताइएको छ ।

साथै राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपि), शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ ।

यस्तै यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077