Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारमा बस्नका लागि मात्रै होइन्, परिणाम दिने गरी काम गर्न पर्छ : महामन्त्री थापा

सरकारमा बस्नका लागि मात्रै होइन्, परिणाम दिने गरी काम गर्न पर्छ : महामन्त्री थापा

सोमवार , बैशाख १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बस्नका लागि मात्रै नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ,‘राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठुलो बेचैनी, असन्तोष देखिन्छ । नागरिकले अपेक्षा गरे अनुसारको हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो अर्थतन्त्रमा देखिएका जति पनि समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन ।’

असन्तुष्टिको कारोबार गर्न नहुने बताउँदै उनले  असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराए ।

उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठुलो बेचैनी, असन्तोष रहेको बताए ।

उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु उनको भनाई थियो ।

महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077