Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शिक्षक महासंघलाई प्रतिपक्षको साथ, आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नेपाल–खनाल

शिक्षक महासंघलाई प्रतिपक्षको साथ, आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नेपाल–खनाल

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । विगत २७ दिनदेखि जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् ।

सोमबार नेपाल र खनालसहित समाजवादीका अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शिक्षकहरुलाई आन्दोलन नछाड्न पटक–पटक आग्रह गर्दै आएका छन् ।

प्रतिपक्षको यस्तो रवैयाले शिक्षक आन्दोलन चर्किएको भन्दै सत्तारुढ दल एमालेले त्यसको विरोध गर्दै आएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजान गरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गरे ।

बर्तौलाले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल समेत गरे । बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताए ।

उनले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानून बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077