काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ९५ अनुसार संघीय संसद्का दुवै सदनमा सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सञ्चारमन्त्री गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने छन् ।