काठमाडौं । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
नाउपासँग पार्टी एकता हुनुअघि मंगलबार साँझ बस्ने गरी जनमतले बैठक बोलाएको हो ।
बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय हुने बताइएको छ ।
जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ ।