Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा न्यायाधीश मल्ल र पाण्डेयको इजलासमा सुनुवाइ हुँदै

गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा न्यायाधीश मल्ल र पाण्डेयको इजलासमा सुनुवाइ हुँदै

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा पेशी तोकिएको छ।

प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले 'डिल' गरेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता तथा पूर्व पत्रकार अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077