Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिए पछि विपक्षी दलको आपत्ति

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिए पछि विपक्षी दलको आपत्ति

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका हुन् ।

पाण्डेले सरकार संसदप्रति जबाफदेही हुनुपर्ने बताएका छन्।

उनले भने ,‘हामीले सभामुखसँग कुरा गर्दा सरकारको तर्फबाट मन्त्रीज्यूहरूले समय दिन नसक्ने भएपछि नराखेको भन्ने जवाफ पायौँ। लाग्यो संसदप्रति सरकार कति गैरजिम्मेवार छ। आम जनताको समस्याप्रति र एकातर्फ सडक संघर्ष भइरहेको छ। तर सरकार गैरजिम्मेवार बन्दै गइरहेको छ।’

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै आफूहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको भए पनि आज कार्यसूचीमा नराखेको भन्दै असन्तुष्टि जनाए। हिजो विपक्षी ५ दलले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए।

लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले बेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077