काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रको विचार र व्यवहारप्रति मेरो सहमति नहोला। तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारमा चाहिँ विमति छ। घोर विमति छ। त्यसमा सच्याइयोस् र सच्चियोस् पनि।’
उनले प्रधानमन्त्री ओलीले नै एक कार्यक्रममा बोल्दै राजनीतिक भएको स्वीकारेको सुनाए।
उनले सरकारले १० महिनासम्म सरकारमा रहेकाहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए।