काठमाडौं। शिक्षकहरूको आन्दोलनका विषयमा सांसदहरूले प्रतिनिधि सभाको बैठकमा ध्यानाकर्षण गराईरहेका छन् ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीका शिक्षक, विद्यार्थी र चिकित्सकका भातृ संगठनहरु नै खारेज गर्ने प्रस्ताव राखेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रस्ताव राख्दै उनले भने ,‘सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्छ । पार्टीका शिक्षकहरू, विद्यार्थीहरू, चिकित्सकहरुका भातृ सङ्गठनहरु खारेज नै गर्नुपर्छ ।’