Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न कांग्रेस सांसद देवप्रसादको आग्रह

संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न कांग्रेस सांसद देवप्रसादको आग्रह

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले यस्तो माग गरेका हुन् ।

सांसद तिमल्सिनाले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।

उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077