Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो ।

प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको थियो ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल,प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077