Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सहिद र बेपत्ता भएका परिवारका पीडा बिर्सेका छैनौं : प्रचण्ड

सहिद र बेपत्ता भएका परिवारका पीडा बिर्सेका छैनौं : प्रचण्ड

मंगलवार , बैशाख १६, २०८२

कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । 

मंगलबार धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे । 

अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए । 

उनले भने, ‘हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौं । यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077