Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकार र शिक्षक महासंघ सहमति नजिक, आज पुनः वार्ता

सरकार र शिक्षक महासंघ सहमति नजिक, आज पुनः वार्ता

बुधवार , बैशाख १७, २०८२

काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकार सहमति नजिक पुगेका छन् ।

२८ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकसँग मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको हो ।

केही माग मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले सम्बोधन गर्ने, संसद्को शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन प्रतिबद्धता जनाउने भएको छ । शिक्षकले सडक आन्दोलन स्थगित गर्ने गरी सहमति नजिक पुगिएको बताइएको छ ।

शिक्षकले मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गरेका छन् भने शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । साथै आज आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्ता गर्नेछ ।

मंगलबार रातिको वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा सचिव दीपक काफ्लेलगायत सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077