Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

भारतको सिमा नजिक बास बसेका प्रचण्ड ‘मर्निङ वाक’मा निस्किए, दिउँसो महेन्द्रनगरमा सभा

भारतको सिमा नजिक बास बसेका प्रचण्ड ‘मर्निङ वाक’मा निस्किए, दिउँसो महेन्द्रनगरमा सभा

बुधवार , बैशाख १७, २०८२

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको टोलीले कञ्चनपुरको पुनर्वासमा मर्निङ वाक गरेको छ ।

तराई मधेश जागरण अभियानको क्रममा कञ्चनपुरमा रहेको प्रचण्डसहितको टोली मोतीबस्तीबाट बिहानै मर्निङ वाकमा निस्किएको हो ।

मर्निङ वाकमा निस्किएको टोलीले सहिद परिवारसँग भेटघाट, विभिन्न उद्घाटनमा सहभागी हुनेछ । साथै प्रचण्डसहितको माओवादी टोली बेलौरी, बेलडाँडी, बेदकोट हुँदै दिउँसो महेन्द्रनगर पुग्ने कार्यक्रम छ ।

महेन्द्रनगरमा हुने सभालाई सम्बोधन गर्दै अभियान समापन गर्ने माओवादीको कार्यतालिका छ। मंगलबार बेलुका कैलाली हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिका प्रवेश गरेका प्रचण्डलाई भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077