Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

काठमाडौं प्रहरीले भन्यो–फैसला कार्यान्वयनका लागि रेशम चौधरीलाई पक्राउ गरेका हौं

काठमाडौं प्रहरीले भन्यो–फैसला कार्यान्वयनका लागि रेशम चौधरीलाई पक्राउ गरेका हौं

बुधवार , बैशाख १७, २०८२

काठमाडौं। जनमत पार्टीसँगको एकता कार्यक्रम सुरु हुनै लाग्दा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले भने–‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौं ।’

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077