Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रेशम पक्राउ पर्दा कहाँ थिईन रञ्जिता ?

रेशम पक्राउ पर्दा कहाँ थिईन रञ्जिता ?

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ त्यहाँ देखिएकी छैनन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै पक्राउ परेका रेशम डिल्लीबजार कारागार लगिएको छ ।

जनमत र नाउपा पार्टी घोषणा हुने कार्यक्रम भएपनि अहिलेसम्म रञ्जिता श्रेष्ठ कार्यक्रम स्थल नपुगेका र श्रीमान पक्राउ पर्दा पनि उनी त्यहाँ नदेखिएको नेताहरूको भनाइ छ ।

यसबारे श्रेष्ठले अहिलेसम्म मुख खोलेकी छैनन् । उनी काठमाडौँमै भएको तर कार्यक्रम स्थलमा नपुगेको बुझिएको छ।

रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीसँगको एकता घोषणा सभा स्थगित भएको छ ।

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेल मुक्त भएका थिए। सर्वोच्च अदालतले त्यसको फैसला कार्यान्वयन गर्दै पुन चौधरीलाई पक्राउ गर्न आदेश दिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077