Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।

पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको हो ।

यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ।

चौधरीले भने ,‘सरकारले प्रतिशोध साँधेपछि हामीले सरकारबाट बाहिरिने तयारी गरेका छौँ । आज बेलुकासम्ममा निर्णय आउँछ।’

नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक राज्यमन्त्री छन्। उनले आजै राजीनामा दिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077