काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको मन मतिष्कमा सरकार ढलिसकेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रमाथि बोल्दै यस्तो बताएका हुन् । उनले जनताको मनबाट सरकार ढलिसकेको बताए ।
“प्राविधिक रुपमा त सरकार अहिले ढलेको छैन । जनताका मनमा, म अहिले देशभरी घुमेर पनि आएको छु मुख्यतः तराई मधेशमा । जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ,” उनले भने ।
सरकारको कार्यशैलीले लोकतन्त्रमाथिको प्रहार गर्ने शक्ति बढेको पनि प्रचण्डको दाबी छ ।