Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

दुरगामी महत्वका योजनामा सरकारले कैँची चलायो : प्रचण्ड

दुरगामी महत्वका योजनामा सरकारले कैँची चलायो : प्रचण्ड

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् ।

सोमबारदेखि सुरू भएको सरकारक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले दुरगामी महत्वका योजनामा सरकारले कैँची चलाएको आरोप लगाएका हुन् ।

उनले समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि,पर्यटन,सूचना प्रविधि जस्ता क्षेत्रको विकास अनिवार्य रहेको तर सरकारले यी क्षेत्रका दीर्घकालिन महत्वका योजनाहरू हटाइदिएको बताए ।

उनले मेक इन नेपाल र मेड इन नेपालको सोचलाई अघि सार्ने योजनाहरू हटाइँदा उद्यमशीलता र स्वरोजगारको प्रवद्र्धनमा असर पर्ने बताए। दुई तिहाइको अहंकारले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको पनि उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077