Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारको नीति तथा कार्यक्रमले देशलाई पछाडि धकेल्छ, पूरै संशोधन गरौँ : जनार्दन शर्मा

सरकारको नीति तथा कार्यक्रमले देशलाई पछाडि धकेल्छ, पूरै संशोधन गरौँ : जनार्दन शर्मा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारका नीति तथा कार्यक्रम पूरै संशोधन गर्न प्रस्ताव राखेका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै शर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

'देश बनाउने हो भने राष्ट्रिय सहमतिको अजेन्डा बनाऔँ। नीति तथा कार्यक्रमलाई पूर्ण रूपले संशोधन गरौँ र एउटा सहमति गरौँ। त्यो सहमतिका आधारमा मात्रै अगाडि बढौँ। हाम्रा अगाडि भयङ्कर चुनौती छन्। अन्यथा, ती चुनौतीहरूको सामना गर्न ढिला भइसक्ने छ,' उनले भने।

उनले दुईतिहाइको सरकारले ल्याएको नीति तथा कार्यक्रम देशलाई पछाडि धकेल्ने खालको रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077