Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच भेटवार्ता भएको छ ।

सोमबार मुख्यमन्त्री शाह र योगी आदित्यनाथ बीच लखनऊस्थित सरकारी निवासमा भेटवार्ता भएको हो ।

बैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहसहित १० सदस्यीय प्रतिनिधि मण्डलले योगी आदित्यनाथसँग भेटवार्ता गरेको बताइएको छ ।

मुख्यमन्त्री शाहले भ्रमणका क्रममा यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र विभिन्न विभागीय मन्त्रीहरूसँग भेटवार्ता गरिसकेका छन् ।

भेटवार्तामा दुवै मुख्यमन्त्रीहरूबीच आपसी हित, विकास निर्माणमा सहकार्य तथा सुदूरपश्चिम प्रदेशको विकास निर्माण भारतीय सहयोगबारे छलफल भएको बताइएको छ ।

सुदूरपश्चिम र उत्तरप्रदेशबीच सीमा क्षेत्रमा हुने गतिविधि तथा भारतको तिकुनियाँबाट सीमावर्ती खक्रौलासम्मको सडक निर्माणका विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077