Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

सोमवार , बैशाख २२, २०८२

ककाठमाडौं ।  प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा सोमबार भएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै स्वतन्त्र सांसद सिंहले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरणकै कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ? वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077