काठमाडौं । कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेर बसेकाहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका हुन् ।
झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको बताउँदै तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका छन् ।
सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनीहरुले बताएका छन् ।
आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने उनीहरुको भनाई छ ।