Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

'बजेटमा चलखेल गर्न संसद छल्ने प्रयासमा सरकार'

'बजेटमा चलखेल गर्न संसद छल्ने प्रयासमा सरकार'

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकारले संसद्लाई छलेर बजेटमा आफूखुसी कार्यक्रमहरु राख्न खोजेको आरोप लगाएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले ढिलो गरी संसद्‍मा छलफल चलाइनुका पछाडि बजेटमा चलखेल गर्नु रहेको टिप्पणी गरेका हुन् ।

सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले संसद्‍लाई छलेर सरकारले बजेटमा आफूखुसी कार्यक्रमहरु राख्ने कुरा सही नभएको बताए ।

उनले भने, ‘विगतमा नीति र कार्यक्रम साथसाथै प्रस्तुत गरिन्थ्यो । योपटक नीति मात्र प्रस्तुत गरियो, कार्यक्रम प्रस्तुत गरिएन । यसले के शंका पैदा गरको छ भने एकातिर नयाँ नीतिमा सरकारले मिहेनत गर्न नचाहेको वा नसकेको देखिन्छ । अर्कोतिर बजेटमा पर्याप्त चलखेल गर्न खोजेको जस्तो देखिन्छ ।’

नीति तथा कार्यक्रम गन्तव्यहीन र अल्मलिएको मात्र नभई कतिपय दायित्वहरूबाट सरकार पछि हट्न खोजेको आरोप पुनले लगाए ।

संविधानले समाजवादी उन्मुख अर्थनीतिको कुरा गरेको चर्चा गर्दै उनले समाजवादी उन्मुख भन्नुको अर्थ कम्तीमा शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व वृद्धि गर्नु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077