Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

देउवाजीलाई फकाउने पक्षमा छैनौं : प्रचण्ड

देउवाजीलाई फकाउने पक्षमा छैनौं : प्रचण्ड

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३२ सिटको जादु चलाउने पक्षमा आफू नरहेको बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि फकाउने पक्षमा आफू नरहेको प्रस्ट्याए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको मनबाट ढलिसकेको बताए ।

'जादु चलाउन चाहे त चल्छ। तर, अहिले चलाउने पक्षमा हामी छैनौं । अहिले देउवाजीलाई पनि फकाउने पक्षमा छैनौं। यो सरकार आफ्नै बोझले ढल्छ। जनताको मनबाट त ढलिसक्यो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077