काठमाडौं । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छन् ।
दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटी रहेकाले यस्तो बताएकी हुन् ।
नीति तथा कार्यक्रमलाई समृद्ध बनाएर ल्याउन सकिने भए पनि साझा सहमतिका आधार तय गरी अगाडि बढ्ने कुरामा कन्जुस्याइँ भइरहेको उनको भनाइ छ ।
उनले भनिन्,‘नीति तथा कार्यक्रममाथिको छलफल गर्ने । तर, त्यसमा विभिन्न क्षेत्र, राजनीतिक दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटीले व्यर्थको बहस मात्र बनेको छ । नीति तथा कार्यक्रमहरूको औचित्य जबसम्म हामी सबैको सुझावसहित अझ समृद्ध बन्दैन भने यो औचित्यहीन जस्तो मलाई लाग्छ ।’