काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने भन्दै उनले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताए ।
उनले भने,‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भयो ? राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’
नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे ।