काठमाडौं । सांसद भानुभक्त जोशीले संसद्मा नीति तथा कार्यक्रममाथि छलफल गर्नु औपचारिकता निभाउनु मात्रै रहेको टिप्पणी गरेका छन् ।
मङ्गलबार संसद्मा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका जोशीले यस्तो टिप्पणी गरेका हुन् । उनले मन्त्री तथा सचिवहरूले बजेट लक भइसकेको बताए ।
'नीति तथा कार्यक्रम ढिला भयो। यहाँ बोलेर पनि केही संशोधन हुँदैन। यसले बजेटलाई प्रभाव पार्लाजस्तो देखिँदैन। विभिन्न मन्त्रालयमा जाँदा मन्त्री, सचिवहरू बजेट लक भइसक्यो भन्नुहुन्छ। नीति तथा कार्यक्रममा पनि केही फेरबदल हुँदैन। खाली तल सुनाउनका लागि माननीयज्यूहरू बोल्नुभएको थियो, आफ्नो क्षेत्रका समस्याहरू उठाउनुभएको थियो भन्नेखाले मात्रै कुराहरू छन्,' उनले भने, 'यो औपचारिकता निभाउनु मात्रै हो।'
उनले नीति तथा कार्यक्रम बनाउँदा सत्तापक्षकै सांसदहरूलाई पनि नसोधी, सल्लाह नलिइ बनाइएको बताए ।