काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अर्थ मन्त्रालयले अगामी आर्थिक वर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताए।
उनले भने ,‘नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरू अब बजेटमा समेटिने अवस्था न्यून रहेको छ । प्रि बजेट तथा बजेटको छलफलको श्रृखला मिलेको छैन ।’