Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेका छन् ।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् ।

उनीहरूले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगायतका नेताहरू सहभागी भएका छन् ।

मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077