Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रतिशोधको राजनीति छाडौं, नत्र सत्ताबाट निक्लिने वित्तिकै जेल जाने अवस्था छ : मोहन बस्नेत

प्रतिशोधको राजनीति छाडौं, नत्र सत्ताबाट निक्लिने वित्तिकै जेल जाने अवस्था छ : मोहन बस्नेत

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सक्रिय राजनीतिक जीवन, महत्वकांक्षी राजनीतिक जीवन र मुलुकलाई केही गर्ने खोज्ने राजनीतिक जीवन खोज्नेहरू कोही पनि प्रतिशोधको सिकार हुन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘प्रतिशोधको राजनीति, नेपालको राजनीति पाकिस्तानी मोडेलमा गइसक्या छ । जो सत्तामा बस्छ उसले निक्लिने वित्तिकै जेल जानुपर्छ, त्यो हिसाबकिताब गरेर गुण्टा ठिक्क पारेर बसे हुन्छ ।’

प्रतिशोधले सबैभन्दा पहिले आफ्ना पार्टीकाले आफ्नालाई सिध्याउने, त्यसपछि अर्काका पार्टीलाई सिध्याउने गरेको उनले बताए ।
उनले भने,‘गतिलो काम गर्न खोजे जो कोही पनि प्रतिशोधको सिकार हुन सक्छ ।’

गतिलो काम गर्न खोज्ने कर्मचारीलाई मुद्दा लाग्ने प्रवृति बढेकोमा उनको आपत्ति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077