Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

'हनि ट्रयाप'मा परेका शर्मालाई बलात्कार मुद्दा नचलाउने निर्णय

'हनि ट्रयाप'मा परेका शर्मालाई बलात्कार मुद्दा नचलाउने निर्णय

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । व्यवसायी तथा एमाले नेता विदुर शर्माविरुद्ध परेको बलात्कारको जाहेरीमा मुद्दा नचल्ने निर्णय गरिएको छ ।

हनि ट्रयापको समूहले फसाएको निष्कर्षका आधारमा उनलाई प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय भएको हो ।

शर्माविरुद्ध गत वर्ष जेठमा दरबारमार्ग वृत्तमा एक युवतीले बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरी दिन लगाउने गिरोह पछि ललितपुरमा पक्राउ परेको थियो ।

सुनसरीको ताज इस्लामको समूहले शर्मालाई योजनाबद्ध रुपमा हनि ट्रयापमा फसाएको थियो । यद्यपी युवतीले उजुरी दिएपछि यस्तो घटनामा मुद्दा चल्दै आएको छ ।

तर, व्यवसायी शर्माको पहुँचका कारण पनि उनले एक दिनपनि हिरासतमा बस्नु परेन । ती युवतीसँग ठमेलमा रात बिताएको भने अनुसन्धानमा पुष्टि भएको थियो।

उनीविरुद्धको केस डिसमिस गर्न दरबारमार्ग वृत्तका डीएसपी राजकुमार श्रेष्ठले भूमिका खेलेका थिए। श्रेष्ठ शर्माकै जिल्ला दोलखाका हुन्। उनलाई दरबारमार्ग वृत्तमा सरुवा गराउन शर्मा समेत लागेका थिए । त्यही कारण उनले गुन तिरेको चर्चा प्रहरीमा छ ।

हनि ट्रयाप गिरोहका नाइके ताज इस्लाम भने हाल कारागारमा छन् । गत असोजमा उनले भैंसेपाटी प्रभागकी तत्कालिन इन्सपेक्ट बिनु शाहीसँग मिलेर एक व्यापारीलाई हनि ट्रायपमा फसाएर ३० लाख रुपैयाँ असुलेका थिए।

सो घटनामा इन्सपेक्टर शाहीविरुद्ध समेत मुद्दा चलेको थियो। घटनामा एसपी कमल थापाको पनि संलग्नता देखिएपछि सिआइबीबाट थप अनुसन्धान गरिएको थियो। तर, उनी आफुविरुद्धका प्रमाण दबाएर जागिर जोगाउन सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077