Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कपडा किनिदिने प्रलोभन देखाएर युवतीलाई भारतमा पुर्‍याएर यौन धन्दामा लगाउने महिला पक्राउ

कपडा किनिदिने प्रलोभन देखाएर युवतीलाई भारतमा पुर्‍याएर यौन धन्दामा लगाउने महिला पक्राउ

सोमवार , बैशाख २९, २०८२

 

काठमाडौं । भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको खुलेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् ।

त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077