Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बिमाको साढे १८ लाख रकम हिनामिना गरेको आरोपमा पहाडी पक्राउ

बिमाको साढे १८ लाख रकम हिनामिना गरेको आरोपमा पहाडी पक्राउ

सोमवार , बैशाख २९, २०८२

रोल्पा । रोल्पामा जीवन बिमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका ४ का गणेश पहाडी रहेका छन् ।

बिमितबाट पैसा लिने तर बिमा कम्पनीको सफ्टवेयर विमाङ्क रकम अध्यावधिक नगरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहाडीले रोल्पाको होलेरी स्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उपशाखा कार्यालयको अपरेसन सपोर्ट पदमा कार्यरत हुँदा विमितबाट विमा रकम बुझ्ने, तर कम्पनीको सफ्टवेयरमा अध्यावधिक नगरेको आरोप छ ।

पक्राउ परेका पहाडी दाङको घोराही स्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत थिए ।

आफूखुसी ५६ जना विमितको १८ लाख ६७ हजार ७ सय १ रुपियाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । पहाडीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077