Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीमा आर्थिक अपराध अनुसन्धान महाशाखा स्थापना, प्रमुख बने एसएसपी बोगटी

प्रहरीमा आर्थिक अपराध अनुसन्धान महाशाखा स्थापना, प्रमुख बने एसएसपी बोगटी

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान महाशाखाको स्थापना गरेको छ ।

आर्थिक मामिलासँग सम्बन्धित मुद्दा हेर्नका लागि महाशाखाको स्थापना गरिएको हो । जसको जिम्मेवारी एसएसपी होविन्द्र बोगटीलाई दिइएको छ । उनी सीआईबीमा कार्यरत छन् ।

महाशाखाका लागि प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत गरेको छैन । जसकारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत महाशाखालाई राखिएको बताइएको छ ।

आर्थिक अपराध, विवादास्पद कारोबार एवं गैरकानूनी आर्थिक परिचालन बढेपछि महाशाखा स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077